Tamu Pye Publication Center (TPPC)


TPPC mission is to ensure the accuracy of the recited PYE (scriptures) in Cho Kyui (Ancient Tamu language) or Tamu Kyui (Modern Tamu language) by the Khegi (Spiritual leader of the Tamu). We achieve this by collecting, documenting, editing, and publishing PYE from various sources with meaningful interpretations.
Khebri Cover image
Pachyu - Gurung shaman


मानव विकासको क्रमसँगै सामुहिकतामा भाषिक विकास, आगोको अविष्कार, प्रयोग, धातुको अविष्कार, पशुपालन र खोरिया खेती तथा खाद्य पदार्थहरुको भण्डारण, जडिबुटीको प्रयोग, हेरकोर र झारफुकको सुरुवात, देवात्मा र प्रेतात्माहरुप्रतिको विश्वास, सामाजिक न्याय इत्यादिको श्रृङ्खलाबाट अघि बढी आएको पाइन्छ । प्राग ऐतिहासिक कालदेखिका मुख्य घटनाक्रमहरु तमु प्ये (शास्त्र)मा समेटिएर आई संरक्षित भएका छन् । झारफुके सामानिज्मको आधारमा जातीय संस्कारहरु सुरु भएर तमु बोँ (वोन) धर्मको उदय भएको पाइन्छ ।

युगौंदेखि कण्ठस्थ रुपमा पुस्तान्तरण हुँदै आएको तमु जातिको पुर्ख्याैली पहिचान बोकेको तमु बोँ धर्म, प्ये ताँ ल्हु ताँ, विभिन्न कारणले अब कठिन मोडमा आइपुगेको अवस्था छ । आन्तरिक असरमा विस्तारित बसाइँ सराइ, मिश्रित समाज, शहरीकरण, आधुनिकीकरण, विदेशीकरण, अन्तरजातीय विवाह, अर्काबाट सजिलै मोहित हुने स्वभाव आदिको कारण हुन् भने वाह्य प्रभावमा हिन्दुवाद, लामावाद र क्रिष्चियनवादले घेरिरहेको अवस्था छ ।

टीपीपीसीका प्रकाशनहरू:

TPPC Publications

Cover front Pai Kyan

पै त्हेँस्यामै नी छ्याज्यामै

पच्यु तथा क्ल्हेप्री खेगीले ‘पै’ यज्ञ तथा त्यसमा आवश्यक सामग्रीबारे समेटिएर लेखिएको पुस्तिका हो ‘पै त्हेँस्यामै नी छ्याज्यामै’ । अर्घुं र यसका प्रकारबारे विस्तृत विवरण यसमा प्रष्ट उल्लेख गरिएको छ । सम्पूर्ण तमु महानुभावहरुका लागि यो अति उपयुक्त पुस्तिका...
200
Front cover Nghai Sebai

ङ्है सेबै छ्योए

‘ङ्है सेबै छ्योए’ स्याङ्जा जिल्ला, विरुवा गाउँपालिकालगायतका आसपासका पच्यु खेगीले उपचार गर्दा पढिने शास्त्र हो । शारीरिक असंतुलन, दुष्ट आत्माहरू वा पुर्खाहरूको अप्रसन्नताको कारणले हुने शारीरिक र आध्यात्मिक रोगहरूको निदान र उपचारको लागि ‘ङ्है सेबै’ यज्ञ गरिन्छ ।...
200.00
Pai Mhudu Front

पै म्हुदु

मानव जीवनको ब्रह्माण्डीय प्रभावहरु बुझ्ने, ग्रह र ताराहरु जस्ता आकाशीय पिण्डहरुले पृथ्वी तथा मानव जीवनका विभिन्न पक्षहरुको भविष्यवाणी र विश्लेषण गर्ने व्यक्तिहरुलाई पैंडी भन्दछ ।...
200
So Phailu Front Cover

साे फैलु छ्याेए

तमु जातिले कुल पूजा गर्नुलाई ‘फैलु त्हेँ’, फैलुपूजा’, ‘फैलु लब’ भनेर भन्दछ । कुललाई तमु जातिको शास्त्रमा ‘क्ल्ह्याये न्हेसा प्ह्रेए न्हेसा’ भन्दछ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि...
700
Moshi Chhyoe Front Cover

म्होँसीँ छ्याेए

मानिसको मृत्यु पश्चात मृतकको आत्मालाई शास्त्रमा उल्लेख गरिएका विभिन्न १९ प्रकारका प्रेतात्महरुले नराम्ररी भड्काएर दुःख दिइ स्वर्ग प्राप्तिको बाटो अवरुद्ध गरिराखेमा ‘म्होँसीँ त्हेँ’ गर्नुपर्ने हुन्छ । प्रेतात्माहरुले मृतात्मालाई...
700

Comming Soon

– प्ल्हकु छ्योए
– सी तथा पय छ्योए (क्ल्हेप्री)
– लेमको र्‍हाेँए प्ये (तमु केर्लोसहित)

त्हाँत्हेँमै (पूजाआज, देउधाम र यज्ञहरू):

आदिवासी जनजातिमध्ये तमु (गुरुङ) जातिको छुट्टै समृद्ध सांस्कृतिक र आध्यात्मिक परम्परा छ जसमा पच्यु र क्ल्हेप्री¬ले विभिन्न अनुष्ठान विशेषज्ञको रुपमा महत्वपूर्ण भूमिका खेल्छ । ती विभिन्न अनुष्ठानबारे थप जानकारीका लागि शीर्षकमा क्लिक गर्नुहोस् । 

Vision icon

दृष्टिकोण


तमु जातिको पहिचानको मुल स्रोत नै ‘प्ये ताँ ल्हु ताँ’ भएकोले यसको संरक्षण तथा सम्बर्धनका लागि यस केन्द्रले बेलैमा विचार पुर्‍याएर आफ्ना क्रियाकलापहरु अघि बढाइरहेको छ । जनमानसमा जागृति बढाएर गुरुहरुलाई पुनर्ताजकी गराउनका साथै नयाँ चेला प्रशिक्षणको काम निरन्तरता कायम हुने गर्ने गराउनु पर्दछ । यस केन्द्रको प्रतिफलले गर्दा अध्ययन, अनुसन्धान, विश्लेषण तथा प्ये एकीकरणको कार्य थप फराकिलो हुनेछ ।
mission

उद्देश्य

  • तमु जातिको शास्त्रीय सम्पदाको संरक्षण तथा सम्बर्धन गर्ने ।
  • कण्ठस्थ शास्त्रहरु लिपिबद्ध गरी अर्थपूर्ण व्याख्यासहित प्रकाशन गर्दै जाने ।
  • जनमानसमा ‘प्ये ताँ ल्हु ताँ’बारे प्रकाशनमार्फत जनसचेतना अभिबृद्धि गर्ने गराउने ।
  • सीमित मात्रामा भएपनि चेला प्रशिक्षण गर्ने गराउने ।
  • भाषा प्रयोगमा मात्र ‘प्ये ताँ ल्हु ताँ’ टिक्ने भएको हुनाले भाषाको प्रयोग र सरकारी मान्यताको लागि पहल गर्ने गराउने ।
  • यसका प्रकाशनहरुको आधारमा बृहत् छलफलबाट प्ये एकीकरण गर्ने गराउने । विकासको क्रमसँगै सामुहिकतामा भाषिक विकास, आगोको अविष्कार, प्रयोग, धातुको अविष्कार, पशुपालन र खोरिया खेती तथा खाद्य पदार्थहरुको भण्डारण, जडिबुटीको प्रयोग, हेरकोर र झारफुकको सुरुवात, देवात्मा र प्रेतात्माहरुप्रतिको विश्वास, सामाजिक न्याय इत्यादिको श्रृङ्खलाबाट अघि बढी आएको पाइन्छ । प्राग ऐतिहासिक कालदेखिका मुख्य घटनाक्रमहरु तमु प्ये (शास्त्र)मा समेटिएर आई संरक्षित भएका छन् । झारफुके सामानिज्मको आधारमा जातीय संस्कारहरु सुरु भएर तमु बोँ (वोन) धर्मको उदय भएको पाइन्छ ।
target

लक्ष्य

  • सबै ठाउँका पच्यु तथा क्ल्हेप्री खेगीहरुको प्ये संकलन तथा संरक्षण गर्दै अघि बढ्ने ।
  • तमु भाषा बोलिचाली प्रयोगलाई जोड दिंदै अघि बढ्ने ।
  • शास्त्रीय सम्पदाको संरक्षणका लागि शब्दकोश प्रकाशनमा लागिपर्ने ।

Blogs

मोरङको आइतबारेस्थित क्होइबोँमा विभिन्न यज्ञ सम्पन्न

आइतबारे, मोरङ । मोरङ जिल्ला, कानेपोखरी, आइतबारेस्थित क्होइबोमा तमु बोँ परम्पराअनुसार पच्यु तथा क्ल्हेप्री खेगीद्वारा रीखुलब त्हेँ (सामुहिक घर रखबार), छ्योप त्हेँ तथा थासोँ …
Khadga Gurung
Khebri Cover image

पच्यु तथा क्ल्हेप्री

reshamgurung01@gmail.com

About Us

तमु बोँ धर्म (प्ये ताँ ल्हु ताँ)का तीन खेगी (धर्मगुरु)मध्ये वोन लम बाहेक चोँ क्युई (शास्त्रीय भाषा) र तमु क्युई (गुरुङ भाषा)मा पढ्ने पच्यु तथा क्ल्हेप्रीको प्ये (शास्त्र)हरु व्यक्तिगत रुपमा कताकतै हस्तलिखित भएपनि शुद्ध उच्चारणका साथ लिपिबद्ध हुन सकेको पाइँदैन । यसको निकासको निम्ति हालसम्म कुनै समूहगत वा संस्थागत पहल नभएकाले बाध्यतावश तमु प्ये ल्हु संघका दुई जना संस्थापकसहित केही पूर्व कार्यकर्ताहरु जुर्मुराएर समूह बनाई करिब डेढ वर्ष अगाडिदेखि आवश्यक जनशक्तिकासाथ तमु प्ये संकलन तथा प्रकाशन केन्द्र गठन गरी विभिन्न ठाउँका प्येहरु संकलन गर्दै अर्थपूर्ण व्याख्यासहित सम्पादनकासाथ प्रकाशन गर्दै आइरहेको छ । यस पुण्य कार्यमा सबैको साथ सहयोग र पितृहरुको आशिर्वाद प्राप्त भइरहोस् ।

TPPC mission is to ensure the accuracy of the recited PYE (scriptures) in Cho Kyui (Ancient Tamu language) or Tamu Kyui (Modern Tamu language) by the Khegi (Spiritual leader of the Tamu). We achieve this by collecting, documenting, editing, and publishing PYE from various sources with meaningful interpretations.

Khaubu Dhee

TPPC Team

ख्यामबहादुर मैना तमु
अध्यक्ष
खड्ग प्हच्यु तमु
सदस्य सचिव
एकबहादुर क्रोँम्छैँ तमु
सचिव
ठाकुरप्रसाद योज तमु
सदस्य एवम् क्ल्हेप्री चीवा
भोवरसिंह पाल्च्ह तमु
संरक्षक संयोजक
यारजङ क्रोँम्छैँ तमु
पच्यु पैंडी चिवा तथा संरक्षक सदस्य