क्ल्हेप्रीद्वारा कण्ठस्थ वाचन गर्ने ‘सी–पै छ्योए’ पुस्तक भव्य समारोहकाबीच लोकार्पण

पोखरा, १३ भदौ । गुरुङहरुको मृत्यु तथा अर्घुं संस्कारमा क्ल्हेप्रीद्वारा कण्ठस्थ वाचन गर्ने ‘सी–पै छ्योए’ पुस्तक एक भव्य समारोहकाबीच लोकार्पण भएको छ । क्ल्हेप्री चिवा ठाकुरप्रसाद योजद्वारा संकलन गरिएको पुस्तकको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा शुक्रवार विमोचन गरेका हुन् । यस पुस्तकको प्रकाशन आदिवासी जनजाति उत्थान प्रतिष्ठानले गरेका हुन् भने यसको ... Read more
Khadga Gurung

पोखरा, १३ भदौ । गुरुङहरुको मृत्यु तथा अर्घुं संस्कारमा क्ल्हेप्रीद्वारा कण्ठस्थ वाचन गर्ने ‘सी–पै छ्योए’ पुस्तक एक भव्य समारोहकाबीच लोकार्पण भएको छ ।

क्ल्हेप्री चिवा ठाकुरप्रसाद योजद्वारा संकलन गरिएको पुस्तकको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा शुक्रवार विमोचन गरेका हुन् । यस पुस्तकको प्रकाशन आदिवासी जनजाति उत्थान प्रतिष्ठानले गरेका हुन् भने यसको सम्पादन तथा नेपाली संक्षिप्त सारंश लेखन खड्कजङ गुरुङले गरेका हुन् ।

हालसम्म पनि कण्ठस्थ रुपमा रहेको यस्ता अमूर्त तथा अभौतिक सांस्कृतिक सम्पदाको तमु प्ये पब्लिकेशन सेन्टर (टीपीपीसी)को सहयोग र समन्वयमा पहिलोपटक प्रकाशनमा आएको हो । टीपीपीसीको सङ्कलन तथा लेखन तथा प्रकाशनका हिसाबले यो छैटौं पुस्तक रहेको छ ।

सो समारोहमा गुरुङहरूको मृत्यु तथा अर्घु परम्परामा कण्ठस्थ वाचन गरिने ‘सी पै छ्योए’सँगै आदिवासी ज्ञान कोष, जाति तथा जाति समूह सम्बन्धी र भाषिक समुदाय सम्बन्धी ‘नेपाल एट लस’, थारु भाषाको पुस्तैनी, मगर स्थान नाम, मुगा भाषा र फाङ्दुवाली भाषाको वर्ण पहिचान सम्बन्धी पुस्तक र प्रतिष्ठानको मातृभाषासम्बन्धी प्रकाशन थुङको पनि विमोचन भएको थियो । कार्यक्रममा हाछेथुं, योगेन्द्र गुरुङ र जनक राईसमेतले प्रकाशित पुस्तकको समीक्षा गरेका थिए ।

तमु जातिको मृत्यु संस्कारः परम्परागत अभ्यास र अवस्थाबारे कार्यपत्र प्रस्तुत

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्को संस्कृति विभागले आयोजना गरेको ‘नेपाली संस्कृतिहरुः अभ्यास र अवस्था’ विषयक छलफल तथा अन्तरक्रिया ...
Khadga Gurung

मोरङको आइतबारेस्थित क्होइबोँमा विभिन्न यज्ञ सम्पन्न

आइतबारे, मोरङ । मोरङ जिल्ला, कानेपोखरी, आइतबारेस्थित क्होइबोमा तमु बोँ परम्पराअनुसार पच्यु तथा क्ल्हेप्री खेगीद्वारा रीखुलब त्हेँ (सामुहिक घर रखबार), छ्योप त्हेँ तथा थासोँ ...
Khadga Gurung