तमु जातिको मृत्यु संस्कारः परम्परागत अभ्यास र अवस्थाबारे कार्यपत्र प्रस्तुत

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्को संस्कृति विभागले आयोजना गरेको ‘नेपाली संस्कृतिहरुः अभ्यास र अवस्था’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तमु जातिको मृत्यु संस्कारः परम्परागत अभ्यास र अवस्थाबारे तमु प्ये संकलन तथा प्रकाशन केन्द्रले कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाडौंमा गत शुक्रवार र शनिवार आयोजित दुई दिने छलफल तथा अन्तरक्रिया ... Read more
Khadga Gurung

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्को संस्कृति विभागले आयोजना गरेको ‘नेपाली संस्कृतिहरुः अभ्यास र अवस्था’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तमु जातिको मृत्यु संस्कारः परम्परागत अभ्यास र अवस्थाबारे तमु प्ये संकलन तथा प्रकाशन केन्द्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।

काठमाडौंमा गत शुक्रवार र शनिवार आयोजित दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रममा तमु प्ये संकलन तथा प्रकाशन केन्द्र (टीपीपीसी)का तर्फबाट केन्द्रका सल्लाहकार पीपीसी यारजङ क्रोँम्छैँ तमुले प्रस्तुत गरेकाे हाे । कार्यपत्र प्रस्तुत गर्दै पीपीसीले तमु जातिले शास्त्रमा निर्दिष्ट विधिलाई छाडेर बहिर गएकाले विकृत भित्रिन सुरु भएको बताए ।

तमु जाति सामुहिकतामा विश्वास गर्ने समूह भएको उल्लेख गर्दै तमु जातिको खेगीले वाचन गर्ने कण्ठस्थ शास्त्रमा तमु जातिको इतिहासका पाटाहरु प्रष्ट उल्लेख भएको जानकारी दिए । तमुभित्रका कुन थरले कहाँ र कुन गाउँको स्थापना ग¥यो भन्ने कुरा पनि शास्त्रमा उल्लेख भएको जानकारी दिँदै जीवनोपयोगी दर्शनहरु धेरै रहेको जानकारी दिए ।

प्राज्ञिक स्तरको दुई दिने छलफल र अन्तरक्रियामा विभिन्न ६ वटा जातिको मात्र कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्नेमा पहिलो दिन क्रमशः अमृतबहादुर सुनुवार, डा. दावा शेर्पा र अधिवक्ता डा. शान्तिदेवि राई र दोस्रो दिन क्रमशः पीपीसी यारजङ गुरुङ, प्राज्ञ अमर तुम्याहाङ र डा. सोमबहादुर धिमालले आआफ्नो जातिबारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै पहिलो दिनको टिप्पणीकर्तामा प्रा.डा. विष्णु राई थिए भने दोस्रो दिनमा प्रा.डा. सोमप्रसाद खतिवडा थिए । पूर्णबहादुर ‘जितेन’ राईको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रियाको सञ्चालन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकृत पदम जोशीले गरेका थिए ।

मोरङको आइतबारेस्थित क्होइबोँमा विभिन्न यज्ञ सम्पन्न

आइतबारे, मोरङ । मोरङ जिल्ला, कानेपोखरी, आइतबारेस्थित क्होइबोमा तमु बोँ परम्पराअनुसार पच्यु तथा क्ल्हेप्री खेगीद्वारा रीखुलब त्हेँ (सामुहिक घर रखबार), छ्योप त्हेँ तथा थासोँ ...
Khadga Gurung