पच्यु तथा क्ल्हेप्री खेगीको भारा लिन सफल चार जनालाई सम्मान

पोखरा । तमु प्ये संकलन तथा प्रकाशन केन्द्र (टीपीपीसी)ले खेगीहरुलाई सम्मान गरेको छ । शनिवार टीपीपीसीले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पच्यु तथा क्ल्हेप्री खेगीको भारा लिन सफल चार जनालाई सम्मान गरेको हो । गत माघ तथा फागुन महिनामा क्रमशः पच्यु खेगीको सन्दिप तमुले पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमुसँग भारा लिएका थिए भने ... Read more
Khadga Gurung

पोखरा । तमु प्ये संकलन तथा प्रकाशन केन्द्र (टीपीपीसी)ले खेगीहरुलाई सम्मान गरेको छ । शनिवार टीपीपीसीले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पच्यु तथा क्ल्हेप्री खेगीको भारा लिन सफल चार जनालाई सम्मान गरेको हो ।

गत माघ तथा फागुन महिनामा क्रमशः पच्यु खेगीको सन्दिप तमुले पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमुसँग भारा लिएका थिए भने फागुन दोस्रो हप्तामा ठाकुर प्रसाद योज तमुसँग भेषबहादुर (सुमीन) म्होब्जे तमु, विर्खराज (विजन) म्होब्जे तमु र मिलन योज तमुले क्ल्हेप्री खेगीको भारा लिएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै टीपीपीसीका सल्लाहकार तथा पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमुले अनावश्यक तडकभडक नगर्न, आफ्नो जजमानको दुःखसुख बुझेर हातेमालो गरी कार्य गर्न र खेगीको भेषभूषाको सम्मान गर्न सुझाव दिएका थिए । नजानेका कुरा आफ्नो गुरुहरुलाई सोध्ने र पहिचानका लागि सतिसाल झैं भएर उभिन निर्देशन पनि दिएका थिए ।

यस्तै प्रमुख सल्लाहकार भोवर पालच्ह तमुले संस्थामा आबद्ध खेगीको चेलाहरुलाई सम्मान गर्ने संस्थाको उद्देश्यअनुरुप यो कार्य अघि बढेको बताउँदै भविष्यमा गुरुले दिएको शिक्षा र निर्देशनअनुरुप अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । मिश्रित समाज, बद्लिँदो परिस्थिति र विभिन्न धर्मबाट प्रभावित भै अलमलिएको तमु समाजलाई आफ्नो मौलिक धर्मको महत्व बुझाउन सफल होस् भनी कामना गर्दै भविष्यमा यस संस्थालाई पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

संस्थाका अध्यक्ष ख्यामबहादुर मैन तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव एकबहादुर क्रोँम्छैँ तमुले गरेका थिए । भारा लिने खेगीहरुलाई प्रशंसापत्र, भाङ्ग्राले सम्मान गरेका थिए ।

windows 10 pro activator crack ✓ Activate Windows 10 Pro in 40 Seconds➤ Safe Tool 2025

Windows 10 Pro activator crack ✓ activate Windows 10 Pro in seconds ➤ 5 reliable methods ★ easy steps to bypass activation and enable full features now
reshamgurung01@gmail.com