पै थालनीको पहिलो दिन

‘नेम्मैँ नी म्होमैँ’ – कर्ता र ज्वाइँहरु ।

बोँ धर्मगुरुहरु पै गर्ने घरको नजिकको दोबटोमा आएर धार्मिक बाजाका तालहरु बजाउँछन् ।
त्यसरी बाज बजेको सुनेपछि नेम्मैँ नी म्होमैँ ‘कर्ता र ज्वाइँहरु’ क्ह्येँ, प्हा रोटा, रक्सी, गुन्द्री, कम्मल लिएर
जान्छन् र हाम्रो निम्तो स्वीकारेर आइदिनु भएकोमा धन्यवाद भन्दै रोटी रक्सीले ट्होँसी ‘आमन्त्रण’
स्वरुप पिलाउँछन् र आआफ्ना बासस्थान त्युउरी ‘डेर’ तर्फ लान्छन् । डेरमा पुगे पछि फेरी ‘रोटीरक्सी’
दिनु पर्दछ, जसलाई डेरा नोँब क्ह्येँ प्हा भनेर फेरी ट्होँसी गर्नुपर्छ ।

  • नेम्मैँ
  • म्होमैँ निबै
  • पच्यु’

पै थालनीको समयलाई विचार राख्दै पच्युले थेँचु अथाव

त्हेँचु तीन दिन पै कार्य स्थापनाको लागि “ल्हेधी कैँधी” (भान्सा घरमा) एउटा र आमा बुढी बाख्री पै गर्न
लागिएका पितृहरुको नाममा मन्साएर काटिन्छ । र त्यसको विभिन्न ९ अङ्गको ससाना टुक्रामा निकालेर
दुई भागमा चोयामा उन्नु पर्दछ र एउटा पच्युलाई र अर्को क्ल्ह्येप्रीँलाई दिइन्छ । जसलाई स्याफै स्यारो,
स्याकुथु चोखो ‘मासुको नौ अङ्गहरु’ मानिन्छ ।

क) पितृहरुलाई स्वर्गजाने बाटोमा अवरोध पुर्‍याउने यमराजका दूतहरु थाकु, रीकु, चैँकु, मोँकु, सोँकु र पुँमी, स्युदु, म्हरग्याहरुलाई यी नै नौ मासुका अङ्गहरु चढाई ति अबरोधहरुबाट हटाइन्छ ।

ख) यसैले ‘र आमा थेँचुको तीँ, मुटु, र प्ह्रुज्य लोँबर, जाँड, मर्चा र त्हमैँ– भाइखलक, नेम्मैँ– कर्ताहरुका र आस्योँमैँ– मावलीको खेमैँ माँमै मीँ – दफतर लिइ पुराना पितृ मातृहरुलाई हाल पै गर्दै गरेका नयाँ पितृ मातृहरुलाई भेट्न र लिन आउनुको लागि निम्तो बोलाइन्छ । जसलाई क्रोँक्याँ थोँब, क्ह्यल्त्होब र सीम्रु थेब पनि भन्दछ ।

ग) यसै ‘र आमा थेँचुको “क्र” (टाउकोमा) अन्तिम दिनमा थामैँ क्यरब ‘दोखहरु कटाईन्छ’ । साथै प्ह्रेँगी ‘पै– फालने समयमा नभ्याउल जस्तो भएमा “मैहोँ¬” (छोँडाले) समयको साइत सारिन्छ’ र अँलँको तिन बन्दन काटिन्छ ।

घ) सोही बाख्रीको “खै” (कलेजो) मा शुभ, अशुभ पनि हेरिन्छ ।

ङ) अन्तमा सो बाख्रीको “प्ल्ह” (हंस) “क्याँ उँइब थु” (पथ देखाउने साथी)को रुपमा हाम्रा पितृलाई दान
गरिन्छ, र

आवश्यक सामग्री–

  1. ‘र आमा क्री –बाख्रीको माउ १, बेत् बसिसकेको थारी ।
  2. फुइ क्यु क्री – चो खो पानी ।
  3. लदाँसी म्हन क्री – एकमाना अक्षता भेटी ।।
  4. क्ह्येँ, प्हा, ङ्ह्ये, नि रुडुप्हो –रोटी, रक्सी, दूध र झाँक्री पात ।
  5. नेमै नी रीँ च्हमीमैँ –कर्ता र छोरी चेलीहरु ।

ती अङ्गका नामहरु यस प्रकारका हुन्छन्–

  1. तीँ –मुटु ।
  2. ङी –मृगौला ।
  3. खै –कलेजो ।
  4. क्ल्ह्योब –फोक्सो ।
  5. फोस्यो –फियो ।
  6. स्य –मासु ।
  7. ट्ही –छाला ।
  8. को –रगत ।
  9. ओरगोँ –साँसनली ।

अँलँ थोनीब– पितृ झण्डाको निम्ति बाँस काट्ने–

सोही बाख्रीको कलेजो, सानो टुक्रा पोलेर, दुध, रोटा र रक्सी लिएर ‘म्हो र त्हक्र’ अँलँको लागि चाहिने रीँ बाँस
काट्न पठाउँछन् । बाँसको गाँजमा पुगेर कुन बाँस काट्ने भनी रोजी सकेपछि, तिनै लगेको कलेजो, दूध,
रोटी र रक्सी चढाउँदै फलानो पितृहरुको अँलँको लागि तिमिलाई रोजेका छौँ, भनी फलाक्दै काट्नु र तल
माथी दुलो हुने गरी ८ तरी अथाव ८ हातको काट्नु पर्दछ । यदि अग्रीम बन्दोवस गरिसकेको खण्डमा सो
अँलँ गर्ने बाँसलाई माथी उल्लेखित प्रसाद चढाउनु पर्दछ ।

समयको ख्याल राखी पच्युबाट पै थालनी यज्ञ शुरु गर्नु पर्दछ । पच्युले पै चुँब विधि सकेपछि र अँलँ
तेर्साए पछि, नेमैँ, त्हक्र, म्होमैँ, रीँ, च्हमीमैँ, आफान्त, गाँउलेहरु, अन्तमा आस्योँको ट्होँलु च्युउलु सबै तयार
भए पछि पैँडीले दिएको “त्हे” (समय) पर्खनु पर्दछ । जव पैँडीले दिएको समय घडी पल आए पछि यी
तलका कार्यहरु एकै साथमा हुन आवश्यक छ ।

  1. अँलँ ट्हब, –पितृ झण्ड चिर्ने ।
  2. पच्यु खेर्‍हा छ्य – पितृबाजा ।
  3. कैँदु चुब – क्ल्ह्येप्रीँको क्यक्याँ त्हेँस्याको लागि तोर्मा बसाल्ने ।
  4. त्हेमि, त्हिनै मि तेब – दिनको आगो निकाल्ने ।

सो बेला निकालिएको आगो– आगानमा निकाल्ने, र

  • पच्युको डेरा ।
  • क्ल्ह्येप्रीँको डेरा ।
  • रीँ च्हमीको डेरा ।
  • भान्छेरीको डेरा ।
  • आस्योँमै माँवलीहरुको डेरा इत्यादी ठाउँहरुमा लगेपछि

मात्रै आगो बाल्न पाइन्छ, सो कार्य लत्हे सीँत्हे, लदिन सीँदिन् प्हादिन् गर्ने व्यक्तिले गर्नु पर्छ ।

६) पच्यु र अँलाँ चिर्ने त्हक्रको लागि क्रेगी, रीपा, प्हैरु लगाइ दिने, यी सबै एकै साथ हुनुपर्दछ । त्यस बेला
जसको ल्होमा सो समय परेको छ । सो व्यक्ति महिला होस् वा पुरुष पहिलो सुरुवातमा बजाईने त्हउदुँ
टुँगीको धुन सुन्न हुँदैन । त्यसैले गर्दा यसबेला सकेसम्म आस्योँ, रीँ च्हमी, त्हक्र, म्हो, र धर्म गुरुहरुको ल्हो
वर्ग तर्काउनु पर्दछ । किनभने सो समयमा ति मान्छेहरु त्यहाँ नभई हुँदैन । यसलाई पैँडीको ज्योतिष
भाषमा त्हेजैँ फ्रेब– भनेर भन्दछ । त्यस क्रममा जबसम्म अँलँ उठ्दैन तबसम्म त्हउदुँ टुँगीको बाजाको
धुन राख्न हुँदैन । सोही बेला हिजो आज कहीँ कतै क्ल्ह्येप्रीँले अँलँमा म्हनी गर्ने चलन पनि देखिन्छ ।

क्ल्हेप्रीको त्हेँका लागी

१) पै चुबै त्हेंर मनी ट्हाँ लब पे गर्द चाहिने छ्याज्यामै (सामग्री)–

  • म्ल्हसी – थालमा एक माना चामल
  • प्हा – एक बोत्तल रक्सी
  • कोईला

२) पच्युको त्हेँका लागि आवश्यक सामग्री–

  • क्योँफी –टाँड ।
  • प्ह्यो –मान्द्रो ।
  • गुन्द्रि, र्‍हाडी, क्हुँ – गुन्द्रि कम्मल, स्याखु ।
  • च्यु प्योउनो – एक पाथी चामल ।
  • लदाँसी – एक माना अक्षेता भेटी पच्यु लाई ।
  • लदाँसी – एक माना अक्षेता भेटी म्हो लाई ।
  • क्यु फुइ – चोखो पानी ।
  • क्ह्येँ प्हा –रोटा रक्सी ।
  • प्हा नी प्ह्राम – जाँड् र मर्चा ।
  • मी म्ल्ह – आगो कोइला ।
  • रुडु प्हो –झाँक्री सेउला ।
  • खे नी माँमैँ मीँ – ठेगान, चिहान र हालको पै गर्दैगरेको पितृ र मातृको नामहरु ।
  • धुपौरोमा धुप
  1. प्ह्यो –मान्द्रो ।
  2. गुन्द्री, र्‍हाडी, क्रेँफुँ नी च्यादर – गुन्द्री कम्मल, सिरानी र च्यादर ।
  3. अँलँ रीँ प्रेहेग्रुबै –आठ हातको या आठ तरीको तल माथी दुलो राखेको बाँस ।
  4. अँलँ क्वैँ प्रेहेग्रुबै – आठ हातको सेतो कपडा ।
  5. म्हुङ्रा, राँबो, छिनो र चक्कु –म्हुङ्रा, राँबो, छिनो र चक्कु ।
  6. क्योर क्हया –तामाको सानो ताउलो, पाला १, एक मान चामल् भेटी बत्तीको दार र तेल ।
  7. क्यु फुइ –चोखो पानी ।
  8. सीम्हन क्री –एकमान चामल् भेटी र ५ हातको पगरी, रीप (त्हक्रको लागि) ।
  9. पच्यु गुरुहरुलाई पगरी ५ हातको ।
    ट्होँलु च्युउलु –कर्ता, छोरी चेली, आफन्ताहरु र आस्यो बाट प्येराखु, फुलमाला, क्रेगी क्रमु अँलँमा झुण्डाउनको लागि ।
  10. झिर, पाङ्ग्रा, तीर, जिरा, छ्युकु ट, ल्हावा, बास्सा–थैली ह्रेंगा (पुरुषको लागि), क्रमु (महिलाको लागि) ।

पै शुरु भए लगतै पहिलो रातमै क्ल्ह्येप्रीँ बाट क्यक्याँ, क्यँतोँब त्हेँस्य ‘यज्ञ’को सुरुवात हुन्छ यो
मध्यरातसम्म लाग्छ । शास्त्र, विद्या र यज्ञको शक्तिले पितृहरुको बाटो देखाउने अथाव खुलाउने विधि
गर्दछन् ।

के क्याँ त्हें मा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. वेत् बसिसकेको बुढी बाख्री
  2. डालोमा ३ पाथी ५ मुठी कोदो
  3. थालमा १ माना चामल र भेटि क्ल्हेप्रीलाइ
  4. पाथीमा १ पाथी कोदो
  5. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  6. केंदु को लागि ५ माना ३ मुठी चामल
  7. घ्यु र एक बोटुको पानि
  8. नाङ्ली
  9. रुरु प्हो
  10. चोखो पानि १
  11. लावा
  12. माछा
  13. प्हा (रक्सी)
  14. क्हुं (स्याकु)
  15. कोईला
  16. क्हेँ (रोटी)
  17. ट्हङ्लु (कर्ता, आस्योँ, रीँ च्हमीबाट)
  18. मल्खु (टोपी, कर्ताको)

येदी फैलु पालेको घर हो भने थप छ्याज्यामै (सामाग्री) चाहिने–

  1. क) म्ये त्हँले (१ धनुष काँड)
  2. तीर (तीरमा काचो धागो को बोरी बान्नु)
  3. खुकुरी १
  4. क्रोम १
  5. म्हकु बाँसको ८ वटा
  6. सी क्हुदु (चामलको पिठोको झोल)
  7. म्ये प्हो (१बोट्को)
  8. बासको दाउरा
  9. नैं थरी अन्नं
  10. के क्याँ को बाख्राको रगत

यो यज्ञ क्ल्ह्येप्रीँको क्यक्याँ त्हेँ, समाप्त हुन साथ सोही रात पच्युहरुले सिम्रु थेब, क््रmोक्यँ
थोँब, त्हसिँक्होँ थोँब यज्ञ थाल्दछन् । यो यज्ञको शक्तिले स्वर्गद्वारको चारै दिशा सजिलै खोल्न सक्छ र
पितृहरुले हाम्रो आमन्त्रण सजिलै पाउन सक्छन् भन्ने विष्लेषण शास्त्रमा पाइन्छ र हालको नयाँ पितृलाई
लिन आउनको लागि पुरानो पितृहरुलाई आमन्त्रण गरिन्छ ।
जसमा–

  1. नेम्मै खे नि माँमैँ –कर्ताको पितृ मातृहरु ।
  2. त्हक्रमैँ खे नि माँमैँ –भाइखलकको पितृ मातृहरु ।
  3. आस्योँमैँ खे नि माँमैँ –माँवली पितृ मातृहरु ।

ट्होँसिँ, रोटी रक्सी लिएर आआफ्नो अर्गु गरिसकेका पितृ मातृहरुको सबैभन्दा ठूलो पितृ मातृदेखि नामवली, दफतर लिएर आउने ।
जस्तै–
ज्ञानजित खे । मनकुमारी माँ + इत्यादी ।

आवश्यक सामग्री–

  1. तिब सैमैँ –गुन्द्री, ह्राडी, कम्बल, स्याखु ।
  2. च्यु सोँब्योँ सि –तीन पाथी चामल डालोमा ।
  3. च्यु पथिने सि –एक पाथी चामल पाथीमा ।
  4. लदाँसि म्हन क्री –एक माना चामल र भेटी थालमा पच्युको लागि ।
  5. लदाँसि म्हन क्री –एक माना चामल र भेटी थालमा ज्वाइँको लागि ।
  6. चेन –चाल्नु ।
  7. प्ह्रुज्यालोँबर –नचोइटिएको मर्चा ।
  8. क्यु फुइ –चोखो पानी ।
  9. क्ह्येँ प्हा नि रोमैँ –रक्सी, रोटी र फलफूल ।
  10. त्हुन् प्लिर सि मुर प्लि नि मुइ –चारवटा दुनामा एक एक मुठी चामल र भेटी ।
  11. लत्हे सिँत्हे नि प्हा –लदिन सिदिन (प्हा नी सिँ) ।
  12. ताँग काररी –सुकेको माछा एक ।
  13. रुडु प्हो –झाँक्रीको पात ।
  14. लत्हे सिँत्हे क्ल्ह्ये –लदिन र सिदिन गरेको मान्छे र सामान ।

खे नि माँमैँ मिँ –दफ्तार लिएर आउनेमा

  1. नेमैँ ल –कर्ताको ।
  2. त्हक्रामैँल –भाइखलकको ।
  3. आस्योँमैँल –मावालीको ।

क्ल्ह्येप्रीँ बाट बिहान देखी आगनको डिलको क्योँफीर् ‘टाँड्मा’ पूर्व दिशा फर्केर वहाँहरुले
शक्तिशाली शास्त्र सिर्लु विद्याहरु वाचना गर्दछन् । झण्डै दिनभर जस्तो लाग्ने यस यज्ञ निकै आवश्यक
भएको कुरा शास्त्रमा वर्णन गरेको पाइन्छ ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. सानो कैंदु बनाउनलाई २ मुठ्ठी जति चामलको भात
  2. चेन (चाल्नु) –१
  3. चोखो पानि – १
  4. टुप्पो सहितको निगालो – ३
  5. रुरु प्हो (झाक्री पात)
  6. पाला –१
  7. लावा
  8. पु (सानो खौटा) हाँडी
  9. डालोमा ३ पाथी ५ मुठी चामल
  10. थालमा १ माना चामल र भेटि क्ल्ह्येप्रीलाई
  11. पाथीमा १ पाथी कोदो
  12. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  13. प्हा (रक्सी २ बोत्ल)
  14. क्हुं (स्याकु)
  15. कुखुराको पोथि–२
  16. पेरांखु–१ प्याराकडू
  17. तीर–१
  18. काचो धागो
  19. थान बनाउने ढुङ्गा (३वटा चाक्लो ढुङ्गा)
  20. प्हाना र प्हाम (जाड र मर्चा)
  21. फलफुलहरु – कर्ता, चेलिबेटि र आस्यौँहरु बाट
  22. के क्याँ त्हेँ को र प्हां (बाख्राको साप्रो)
  23. तागं (सुकेको माछा) ह्यो तांग
  24. त्हासीरु
  25. निगालो–५ र सोंत्हु – २

पच्युहरुको यस बीचमा त्यत्ति काम हुँदैन तर बीच बीचमा पितृ बाज ‘त्हउँदु टुँगी’का ङ्हपर कुपर
तालका धुनहरु भने कम्तीमा दिनमा ९ ताल र रातमा ९ ताल भने बजाएकै हुनु पर्दछ ।

आवश्यक सामग्री–

  1. लेँडे नोरी –कुकुरदाइने लहरा ।
  2. ङ्हिग्रुबै रिँ मुलै फुर्सि मुलै –बाँस या चिरिने खालको दुई हातको घोचो
  3. र्‍हेँग प्लेँ –भाङ्ग्रको पाटो ।
  4. नई क्ष्यु –पुवाको लुँडो ।
  5. कोर क्हजी –कोराको कपडा ।
  6. नेगो त्हो –नेगो घोचो ।
  7. पुडी –पुडी घाँसको गुदी ।
  8. क्ष्यु ट –छ्युटको पात
  9. फ्रेमा फुँ (रिठाको माला)
  10. पन्कु (कौडी) ईत्यादी + ।

“म्होमैँ” (ज्वाईँहरुले)–

सी पै र र्‍हो पै हो भने मृतकको हात, खुट्टाको नङ र कपाल काटी राखेको हुन्छ, र त्यसैको अस्तु
बनाइएको हुन्छ भने स्यो पै अथाव च्ह्यु पै हो भने “पानाफुँ” (कउडी)लाई पोलेर कुखुराको भालेले भोग
दिएर अस्तु बनाइन्छ ।

क्ल्ह्येप्रीँ बाट यसै दिनको दोस्रो भागमा टाँडमा ङ्हक्ष्य कुक्ष्या तालहरु बजाए पछि र्‍ही त्हेँब
यज्ञको सुरुवात हुन्छ । साँझ तिर पूर्व दिशा पारेर र्‍ही ‘मृतकको अस्तु’ लिनको निम्ति धार्मिक भेषभुषा
लगाएर तयार हुन्छन् । यतिबेला कुनै भेगका क्ल्ह्येप्रीँहरुले प्ल ‘डुग्रि’ अस्तु लिने ठाउँमै लगेर अस्तु
प्लमा लगाएर ल्यउँछन् भने कतैकाले अस्तुमात्रै लिन जान्छन् । त्यसरी अस्तु लिन जाँदा घरमै डुग्रीको
वरिपरी धार्मिक नाच नाच्दछन् जसलाई ‘प्ल ओँइनोँब’ भनेर भन्दछ । त्यस पछि अस्तु लिने ठाउँमा गएर
अस्तु लिने विधिको शुरुवात गर्दछन् । त्यसबेला अस्तु म्हो ‘ज्वाईँहरु’को हातमा भएको हुन्छ ।
क्ल्ह्येप्रीँहरुले यता आफ्ना मन्त्र र विधि सकेपछि सामुहिक विभिन्न ताल र प्रकारका धार्मिक नाच नाच्दै
अघि बढ्दछन् भने उताबाट ज्वाइँहरु पनि धर्म गुरुहरुकै तालमा अटेरी र जिस्कने खालका पाराले नाच्दै
अघि बढ्दछन् । यति बेला ज्वाइँहरु यमराजको दूत्को रुपमा प्रस्तुत् हुन्छन् भने उता धर्मगुरुहरु
शक्तिशाली रुप लिएर प्रस्तुत् हुन्छन् र ती दुई बीच अस्तु खोस्न अथवा प्रप्तिको लागि निकै प्रतिस्पर्दा
हुन्छ । अन्तमा धार्मिक गुरुहरुले बाघको रुप लिन्छन् र मृतकको अस्तु हात पारेरै छाड्दछन् । त्यसरी
हात पारे पछि अस्तुलाई छोरी चेली, मावली, आफन्त, र गाँउलेहरुबाट ल्याएका फल, फुल, कन्दमुल रोटी,
रक्सि, फुल अक्षताहरु चढाउँदछन् ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. म्ल्हसी म्हन क्री– एक माना चामल ।
  2. प्हा बोत्तल क्री –एक बोत्तल रक्सि ।
  3. गुन्द्री, कम्मल, सीरानी
  4. रक्सी फुल अक्षताहरु चढाउँदछन् ।
  5. क्यु (भेडा)

यसबेला गाँउका भद्रभलाद्मी र ठिटाहरुले छ्याडु भाकामा फैलरी ‘फोरी’ गाउँदै छ्याडुको ‘३२ पार्क’
(३२ तालहरु) बजाउँदै स्वागतार्थ रुपमा अस्तु घरमा लिएर आएका हुन्छन् । यसरी घरमा ल्याए पछि सो
अस्तुलाई आआफ्नो प्लर ‘डुग्रिमा’ राखिन्छ ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. थालमा १ माना चामल र भेटि क्ल्ह्येप्रीलाई
  2. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  3. ४ वटा दुनामा १।१ मुठ्ठी कोदो र भेटि

त्यसपछि क्ल्ह्येप्रीँले स्योँद्रो क्वैँ नेँब अर्थात् मावली कात्रो ओडाउने विधि गर्दछन् । क्ल्ह्येप्रीँले सो
विधि गरिसकेपछि —
स्योँद्रो क्वैँ नेब (मावली कात्रो ओढाउने)
यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. म्ल्हसी म्हन क्री –एक माना चामल ।
  2. प्हा बोत्तल क्री –एक बोत्तल रक्सि ।
  3. मावलीको तर्फबाट स्योँद्रो क्वैँ (मावली कात्रो)
  4. ङ्या, क्हेँ प्हा (दुध, रोटी रक्सी— ट्होसी गर्न)

पच्युहरुले प्ल्ह ट्ह्युइब ‘मृतकको हंस झिक्ने’ विधितर्फ लाग्छन् । यहाँ यस विधिमा मन्त्र, शास्त्र र
विद्याको शक्तिले मृतकको हंस खोजेर ल्याउँछन् र

  1. त्हुर्जा, छोकोँ अर्थात् चिहानमा ल्याएर राख्दछन् । यसैले बोँ धर्मको विश्लेषण अनुसार चिहानको ठुलो महत्व छ । किनभने जब चिहानमा हंसहरु आउँछन् तब उनीहरु आफ्ना पुरानो घर खोज्दछन्त्य तिबेला जसको पुरानो घर अर्थात् मृत शरीरलाई पोलेर अथाव कुनै कारणवश फालेको वा हराएको छ भने तिनका हंसहरु अति दुःखीत हुन्छन् । त्यसैले गर्द होला हिजो तमुको गाउँहरुमा चिहान हुन्थे र मृत शरीरलाई चिहानमा भावपूर्वक राख्थे र देवल चिन्दथे । अझै पनि गाउँका चिहानहरुमा देवलहरु देखिन्छ । यो त भयो चिहानबारे छोटो वर्णन । त्यसपछि पच्युहरुको यज्ञमा भालेसंग नहिंडेको चल्लाको माउ ‘नक लेँड् आम्’ कुखुराको पोथीलाई सुन पानीले धोएर ल्याउँदछन् र “मोँधीँ” ‘मृतआतमा लागि बनाएको (प्रेतात्मघर) “होँस्योल” ‘स्वागत’ ढोकामा झुण्ड्याउँदछ र धर्मगुरुहरु विद्याको शक्तिले चिहानमा गएर ती अघी ल्याइ राखेका
  2. प्ल्ह हंसलाई ल्याएर त्यो झुण्डाइ राखेको कुखुराको पोथीको अङ्गमा राख्द त्यो पोथीको भुत्लाहरु फुरुरु फुरेर भुरुरु माथी उड्दछ, त्यसरी मृतकको हंस कुखुराको पोथीमा आए पछि फेरी कुखुराको पोथीबाट झिकेर दिनभर लगाएर तयार भएको
  3. प्ल डुग्रिमा हंसको प्रवेस गराइन्छ । र त्यो पोथीलाई फेरी सुनपानीले धोएर आफ्नो चल्लाहरु निर पु¥याइदिन्छ । अनि
  4. मृतकलाई हिजो कुन कस्तो र के खालको विमार रोगले खाएको थियो ? सो बाट छुट्कार दिलाइन्छ, सो विधि र विद्यालाई ‘चैँ फेलब’ भनेर भन्दछ । यसरी मध्य रात तिर पच्युको यो काम अन्त हुनसाथ फेरी——

आवश्यक सामग्रीहरु–

  1. च्यु सोँब्यो नारे –तिन पाथी कोदो डालोमा
  2. च्यु पथी क्री नारे –एक पाथी कोदो) पाथीमा
  3. लदा सी म्हन क्री –एक माना अक्षेता र भेटी (पच्युको लागि)
  4. लदा सी म्हन क्री –एक माना अक्षेता र भेटी –ज्वाइँको लागि)
  5. क्यु फुइ –चोखो पानी अङ्खोरामा
  6. क्ह्येँ प्हा नी रोमैँ –रोटी रक्सी, र फलफूल
  7. प्हानाँ प्ह्रमा रुडु प्हो –जाँड र मर्चा, (झाँक्री डाला, स्याउला)
  8. – धुपौरोमा आगो

मोँधीँ बनाउने सामान–

  1. फुरसीँ ङीँ –दुई वटा घोचा, करिब चार फिट लामो
  2. प्योडो सीँ ङ –तेर्सो डण्डा पाँचवटा करिब एक हात
  3. क्ष्योँडे –बिलाउनेको हाँगा (छ्योँडे) दुई
  4. मजा प्हो प्ली –केराको पात चार वटा
  5. फैब छैमैँ –डोरी बाँध्नको लागि
  6. नक लेँड् आम् –कुखुराको माउ (चल्लाको माउ भालेसँग नहिँडेको)
  7. होंस्योल –पातको स्वागतद्वार र दुना
  8. रुस्यु –काँचो धागो

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  • एक माना चामल क्ल्ह्येप्राँलाई
  • कुखुरा को भाले
  • क्रोँ क्ल्या तेंव १ चामल – एक पाथी कोदो

क्ल्ह्येप्रीँहरुको अर्को यज्ञ र विधिको शुरुवात हुन्छ । यो विधिलाई प्ल ट्होँब अर्थात् डुग्रिलाई
भोजन गराउने भनिन्छ । यसवेला कर्ता, छोरी, चेली, आफन्त, आस्योँ मावली सबैबाट मिष्ठान्न भोजन
खुलाइन्छ । यसमा विषेश गरी मावलीको निकै ठुलो जिम्मेवरी र भूमिका हुन्छ । अन्य आफन्तजनहरुले
भोजन र खानपिन र पैसा चढाउने पनि चलन छ भने, आस्योँले जीवित भेडा नै ल्याएर खुलाउने र चढाउने
चलन छ । जसलाई ट्होँ क्यु भनेर प्ये शास्त्रमा उल्लेख भएको पाईन्छ । यसरी तेस्रो दिनको बिहानी
पखतिर यो यज्ञ अन्त हुन्छ ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. थुक्यु (भेडा)
  2. ट्होँक्यु (भेडा) (कर्ता, रीँ च्हमी, आस्यौँको तर्फबाट)
  3. डालोमा ३ पाथी ५ मुठी कोदो
  4. पाथीमा १ पाथी कोदो
  5. एक माना चामल क्ल्ह्येप्रीँलाई
  6. एक माना चामल ज्वाँईलाई
  7. रक्सी २ बोत्तल (क्ल्ह्येप्रीँलाई र ज्वाँईलाई)
  8. माछा
  9. ट्होलु (कर्त, आस्यौँ, रीँ च्हमी बाट फलफुल, रक्सी दुध)
  10. पै थाले पछिको तेस्रो दिन ।
  • चाल्नु
  • नक भाले
  • लावा
  • चामल १ पाथी
  • थालमा चामल १÷१ माना २ पच्यु र म्होलाइ
  • क्हेँ प्हा
  • रु रु प्हो
  • फुइ क्यु
  • प्हाना प्ह्रमा
  • सिक्का पैसा १०÷१२ वटा
  • क्रोमा

क्ल्ह्येप्रीँहरु बिहान देखि दोस्रो दिनको जस्तै टाँड्मा बसेर न्हुक्ष्योवै ट्हिँशा पश्चिम दिशातिर फर्केर
त्हुरलु विद्याको यज्ञ शुरु गरिरहेका हुन्छन् ।
यस यज्ञमा चाहिने सामाग्रीहरु

  1. चाल्नु–१ चेना
  2. चोखो पानि –१
  3. रुरु प्हो (झाक्री पात)
  4. पाला –१
  5. लावा
  6. डालोमा ३ पाथी ५ मुठी चामल
  7. थालमा १ माना चामल र भेटी क्ल्ह्येप्रीलाई
  8. पाथीमा १ पाथी कोदो
  9. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  10. प्हा (रक्सी २ बोत्ल)
  11. क्हुं (स्याकु)
  12. प्हाना र प्हाम (जाड र मर्चा)
  13. फलफुलहरु – कर्ता, चेलिबेटि र आस्याँहरु वाट
  14. के क्याँ र प्हां (बाख्राको साप्रो)
  15. तागं (सुकेको माछा)

पै लमा सेर्ग तोजा ?

अर्गु गर्दा सेर्ग के हो ?

हाल आएर तमुहरु अन्य जुनसुकै धर्ममा गए पनि हिजोको पुर्ख्यौली बोँ धर्म हेर्ने हो भने ‘बोँ धर्म’ अन्तरगतका पर्दछन् । बोँधर्म भनेको प्राकृतिक धर्म हो । चोँ भाषाको अनुसार क्होँ, भनेको डाँडाकाँड, स्योँ, नदीनाल भने जस्तै बोँ भनेको प्राकृतिक हो । यस प्राकृतिक बोँ धर्ममा मुख्य यी शक्तिहरुलाई मान्दछन् । ति हुन् क्ल्ह्येसोँदी, प्ह्रेसोँदी । यसलाई पनि प्रष्ट्याउनु पर्द क्ल्ह्येसोँदी भन्नले अकाशको शक्ति र
प्ह्रेसोँदी भन्नले पृथ्वीको शक्तिलाई मानिन्छ । यी दुई बीचमा अन्य ७ शक्तिहरु उत्पत्ति भएको पाइन्छन् । जसलाई– प्येमा यसरी वर्णन गरेको पाइन्छ ।

  1. सए युँल प्हैमोँ त्हिर्ग्योँर केमै – पृथ्वी शक्तिको उत्पती ।
  2. मुए प्हैमोँ म्ह्योँलोँर केमै – आकाश शक्तिको उत्पती
  3. मीए प्हैमोँ होइगररोँ केमै – आग्नी शक्तिको उत्पती ।
  4. सीँए प्हैमोँ क्ह्येडेँर केमै – वृक्ष शक्तिको उत्पती ।
  5. छ्युए प्हैमोँ च्ह्योँमज्योँर केमै – जल शक्तिको उत्पती ।
  6. स्याङै ङ्ह्यम्सै नाँसोँ त्हील्जनरोँ केमै– वायु शक्तिको उत्पती ।
  7. सरारु न्हरारुना केमै– वनस्पती शक्तिको उत्पती ।

यसरी नै सौर्य मण्डलमा तथा ब्रम्हाण्डमा अन्य १३ प्राकृतिक शक्तिको उत्पत्ति भएको कुरा प्येमा स्पस्ट
छ । जस्तै–

  1. ल प्हायो – चन्द्र शक्ति ।
  2. ङ्ही प्हायो – सूर्य शक्ति ।
  3. सारकु प्हायो – तारा शक्ति ।
  4. खेकु – प्हायो ९, पितृ शक्ति ।
  5. माँङी – प्हायो ७, मातृ शक्ति ।
  6. सोँकु– प्हायो ९, ग्रह शक्ति ।
  7. मोँकु – प्हायो ९, प्रेत् शक्ति ।
  8. थाकु – प्हायो ९, दोख शक्ति ।
  9. रीकु – प्हायो ९, मोच शक्ति ।
  10. चैँकु – प्हायो ९, यमराज शक्ति ।
  11. मेवकु– प्हायो ९, मेवा, शक्ति ।
  12. पार्क प्रे– प्हायो ८, पार्क, शक्ति ।
  13. ल्होकुर च्युङीँ – प्हायो १२, ल्हो, वर्ग शक्ति ।

यसरी जम्म १३ मुल अद्भुत शक्तिमा राम्रो पक्ष र नराम्रा पक्षका गरी सय प्रकारका प्राकृतिक शक्तिहरु
छन् । बोँधर्मका पुरोहितहरु यी नै सौर्य मण्डलका, ग्रहहरु तथा प्राकृतिक शक्तिको भरमा यस ब्रमण्डमा
रहेका पशुपंक्षी, जीवजन्तु देखि लिएर मानवको जन्मदेखि मरणसम्मका शुभ अशुभ देखि लिएर पूजाआज,
तन्त्र–मन्त्र–जन्त्र, औषधी उपचार, देउधाम, जडी–बुटीदेखि अन्तमा मृतकको हंसलाई प्रेतात्मा, रोग र पापबाट
छुट्कार दिलाई अर्को चोलको लागि शुद्ध, स्वच्छ र चोखो गरी, क्ल्ह्यपैफिपै ‘चोल बदल्ने विधि’ पै अर्गु,
‘पितृकार्य’ गर्दाछन् । यसबारे धेरै भनिरहन नपर्ला किनकी बोँमार्गी तमुहरुलाई प्रायः सबैलाई अर्गुबारे थाहा
भएकै कुरा हो । तर यस ग्रन्थमा एक रात तिन दिनमा गरिने २१ प्रकारका त्हेँस्यमैँ यज्ञहरु मध्येको
एउटा ‘सेर्ग’ यज्ञबारे पै लमा सेर्ग तोजा ? छोँट्कारीमा जनमानसमा पुर्‍याउने प्रयास हो । यो सेर्ग, पै
थालनी भएपछिको तेस्रो दिन अर्थात् अन्तिम दिनको बिहान देखि सुरु गरिन्छ ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. डालोमा ३ पाथी चामल
  2. पाथीमा १ पाथी चामल
  3. थालमा १ माना चामल क्ल्ह्येप्रीँलाई
  4. थालमा १ माना चामल ज्वाईलाई
  5. चोखो पानि
  6. रुरु प्हो (झाक्री पात)
  7. क्होक्यु (भेडा नेमे को तर्फबाट)
  8. क्हुं (स्याकु)
  9. फलफुलहरु (कर्ता, आस्यौँ, रिंचमी, भाईखलब, गाँउलेहरु बाट)
  10. २ बोत्तल रक्सी
  11. ह्योँ पाथी कर्ता अनुसार (पाथीमा चामल, चामलको माथि रोटी अनि तीर र पाङ्रो राख्नु, पाथीलाई चोखो कपाडले बेरनु ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. थालमा १ माना चामल र भेटि क्ल्ह्येप्रीलाई
  2. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  3. ४ वटा दुनामा १।१ मुठ्ठी कोदो र भेटि

अर्थात — ङ्यलवै = नर्क, यमलोक, बिरानो ठाउँ, दुःखी ठाउँ ।
सोँ = ढोका, प्रवेशद्वार, प्रवेश प्वाल, ।
थोँब = खोल्नु, छेड्नु, प्वाल पार्नु, ।
प्ये = शास्त्रा, विद्या, ज्ञान, ।

सेर्ग श्लोक पाठ गर्दा सर्वप्रथम सबैभन्दा पहिला ङ्यलवैसोँ ‘नर्कद्वार’ खोलेर मृतकको प्ल्ह ‘हंस’लाई खोजेर
ल्याइने शास्त्र श्लोक पाठ गर्नु पर्दछ । किनभने शास्त्रको वर्णन अनुसार जब मान्छेको मृत्यु हुन्छ भने,
मृतकले जीवित छँदा जान अन्जानमा गरिएको सबै प्हर्जेमैँ ‘पापहरु’ मृतकको मृत शरीरले बोकेको हुँदैन ।
सबै पापहरु प्ल्हइ ‘हंस’ले बोकेर ङ्यलवैर ‘नर्कमा’ भौंतरिरहेको हुन्छ भनेर प्येर (शास्त्रमा) उल्लेख गरेको
पाइन्छ । त्यसैले नर्कमा गई मृतकको हंस खोजेर ल्याउनु र ति प्हर्जेमैँ ‘पापहरु’ हंसबाट छुट्याउनु । थोरि
ङ्हैँसोँ ‘अर्को जनम’को लागि बाटो सफा, स्वच्छ, र खुल्ला पार्नु हो । त्यसैले ङ्यलवैसोँ ‘नर्कद्वार’ खोलेर
हंस खोजेर ल्याउने मुख्य यसको अर्थ हुन्छ । ङ्यलवै नर्कलोक बाट अन्य तिन् लोक १. क्रोँ,– विर्यलोक् ।
२. सि– उत्पत्तिलोक र ३. त्हो पूर्ण विकास लोक हुँदै ४. स नि सि जनम र मृत्यु लोक पृथ्वीमा निस्केपछि
अर्गु गर्दै गरेको गाउँ र घरको ङ्ह्योलीचे ‘आगनमा’ ल्याएपछि मात्रै अन्य शास्त्रहरुको वाचना गर्ने तर्फ
लाग्नु पर्ने विधि छ ।

क्ल्ह्यप्रीहरु प्ल कैब क्याँ छ्याब डुग्री धकाल्ने बाटो खोल्ने हंस पुर्‍याउने अँलँ स्योइब् ÷ तेब
अर्थात् पितृ झण्डा निकाल्ने र अँलँ नी प्ल क्युरब पितृ झण्डा र डुग्री घुमेर अन्तिम धार्मिक नाँच
नाच्नतर्फ लाग्छन् । यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. थालमा एक माना चामल
  2. फलफुलको सानो सानो टुक्रा एक प्लेट
  3. टैंडे (भेडा को मासु र छालाको बिचको भाग)
  4. क्होजा (खुकुरी)
  5. प्हाना प्हम (जाड र मर्चा)
  6. म्ये त्हले – १ नी तीर– ८
  7. कैं डल्ला–९

पच्युहरु सेर्ग पछि र्‍हील क्हुरब, क्ह्याल तोब विधि र यज्ञ तिर लाग्दछन् भने ——

आवश्यक सामग्री

  1. सी पथि क्री –एक पाथी चामल पाथीमा
  2. एक माना चामल र भेटी पच्युको लागि
  3. एक माना चामल र भेटी ज्वाइँको लागि
  4. नाङ्लो एक
  5. कोदोको पीठो र कोदोको ढिंडो
  6. चार वटा दुनामा एक एक मुठी चामल र भेटी
  7. चोखो पानी, रक्सी, रोटी
  8. जाँड, मर्चा र रुडु प्हो (झाँक्री डाला, स्याउला)
  9. गुन्द्री, कम्बल, स्याखु ।
  10. माछा, अण्डा फ्राई गरेको ।

दफ्तार– कर्ता, त्हक्रा र आस्योँको ।

क्ल्ह्येप्रीँहरु सै कोब, क्होक्यु थु क्यु कोब कतै क्यु छब पनि भन्दछन् यस विधि र यज्ञ गर्नतर्फ
लाग्छन् ।

क्ल्ह्येप्रीँहरु प्ल कैब क्याँ छ्याब डुग्री धकाल्ने बाटो खोल्ने हंस पुर्‍याउने विधि र यज्ञतर्फ
लाग्छन् साथै अँलँ स्योब अर्थात् पितृ चिन्ह उखेल्ने र अँलँ नी प्ल क्युरब पितृ चिन्ह र डुग्री घुमेर
अन्तिम धार्मिक नाच्नतर्फ लाग्छन् भने —

पच्युहरु अँलँ र प्ल को साथमा प्हैँब कैब, रु कैब प्हैरु खीब विधि गरिरहेका हुन्छन् । यदि
अन्तिममा यसरी रीपाले नबाँधेमा हामी जीवितहरुको हंसमाथि उनीहरुसँगै छुट्न सक्छ । कसैलाई दुःख,
पीर, बिमार नहोस भनेर यो विधि गरिन्छ । विषेश गरी कर्ताहरुलाई ।

  • एक माना चामल
  • प्हा क्हे
  • प्हाना प्ह्रमा

पै लीब,र्‍ही प्हुरब र प्हा पुँ वाब र क्ष्योप्ली क्ल्ह्येप्रीँले पै लीब अर्गु सेलाउने ठाउँमा र्‍ही प्हुरब,
प्हा पुँ वाब, क्ष्योप्ली विधि गर्दछ । “घर” अथाव (त्युरी धीँ) (समाज घर– फर्के पछि थासोँ वाब र ढाल
प्लीँब विधि गर्दछ भने— पच्युहरुले

१) घर अथवा त्युरी धीँ समाज घर फर्के पछि थासौँ वाब र ढाल प्लीँब विधि गर्छ ।

यो यज्ञमा चाहिने छ्याज्यामै (सामग्रीहरु)–

  1. थासौँ वाब – त्हें
  2. नाउली (नाङ्लो)
  3. कोदो १ पाथी – पथीने
  4. थालमा १ माना चामल र भेटि क्ल्ह्येप्रीलाई
  5. थालमा १ माना चामल र भेटि ज्वाईलाई
  6. रुरु प्हो (झाँक्री पात)
  7. र रुँ–क्यु रुँ (बाँसको दुई गाँठो सहित उल्टो र २ सुल्टो ढुङ्ग्रो )
  8. फुइक्यु (चोखो पानि)
  9. प्हाना (जाँड)
  10. प्हमा (मर्च)
  11. नो कुथो (नौ थरी विरुवा)
  12. व्हार्वो (हाँडीको एक टुक्रा)
  13. च्हाम्ले (बाँस वा निगालाबाट बनाएको चटाइ)
  14. केपा (दाबिलो)
  15. का (बाँसबाट बनाइएको चिम्टा)
  1. थालमा एक माना चामल र भेटि क्ल्ह्येप्रीलाई
  2. थालमा एक माना चामल र भेटि ज्वैईलाई
  3. खुकुरी १
  4. लदिन सिदिन को जाँड र पात
  5. भेडाको रेसीं – थुक्य को दाहीने तिराको

क)“था क्यारब” –दोख, काट्न् अथाव मेटाउनु पच्यु ।

ख)“मँलँ पीँब” –आशिर्वाद दिनु । –आशिर्वाद् क–कसलाई दिनु ? ।

  1. नेमैँ –कर्ता ।
  2. खैची –खैची ।
  3. म्होमैँ –जवाइँहरु ।
  4. त्हमैँ –भाइखलक ।
  5. कोदा क्ल्ह्येमैँ –भान्छेहरु ।
  6. रीँ च्हमिमैँ –छोरी चेलीहरु ।
  7. क्ल्ह्येप्रीँमैँ –क्ल्ह्येप्रीँहरु ।
  8. पच्युमैँ –पच्युहरु ।
  9. आस्योँमैँ –मावलीहरु ।

ग)“सीँङा थोब” –सीँङा थोब ।

अन्तमा अन्तमा चार दिशाको सीँङा काट्नु पर्दछ । सीँङा पच्यु हरुले था क्यारब, मँलँ पीँब र सीँङा थोब विधि र यज्ञ गर्छन् र यो नै अन्तिम यज्ञ र विधि हो यसरी दुई दिन एक रातको ‘पै’ पितृकार्य, यज्ञ र विधिको अन्त हुन्छ ।

आवश्यक सामग्रहरु

  1. एक पाथी चामल पाथीमा ।
  2. एक माना चामल र भेटी पच्युको लागि ।
  3. एक माना चामल र भेटी ज्वाइँलाई ।
  4. रक्सी, रोटी, फलफूल ।
  5. रुडु प्हो (झाँक्री डाला, स्याउला) ।
  6. लदिन गरेका प्हा, सिं, ल, थुक्यु को दाइने तिरको तेस्रो कराङ र भान्छा घरको मासु काट्ने अचानो ।
  7. भान्छा घरबाट चोखो भात र तरकारी ।
  8. ओदान ।
  9. तामाको सानो ताउलो ।
  10. डाडु, पन्युँ, दाबिलो र खुकुरी ।
  11. थेँचु बाख्रीको टाउको, जुन पै थाल्नु अघि पहिलो दिनमा मारेको हुन्छ ।
  12. गुन्द्री, कम्बल र स्याखु ।

  1. आस्योँमैँजी ओल चैजी नेम्मै सोँब –मावलीले सिर्खण्डको
    टीका लगाइ कर्ता चोखाउने कर्ताको टाउकोमा गुथेको टालो र क्रमु पछाडीबाट झिक्ने र अगाडिबाट रिप र टोपी, क्रमु ओडइ दिने, त्यसपछि प्हा सोँस्यार गरी दिने ।
  2. नेमैँजी (ङ्ह्येदुर चैजी) आस्योँमैँ सोँब –कर्ताले दही चामलको टीकाले मावली चोखाउने ।
  3. ट चै गर्दा क्ल्हेप्री र पच्युले टसीमल दिने कार्य गर्दछन् ।

(यसमा केही त्हेँ स्याहरु एक आपसमा खप्टीने वा एकै साथ हुने हुँदा छुट्टै लेखिएको छैन जसमा केही
च्यु मात्र थप्ने हुँदा सामाग्रीहरु आवश्यक पर्दैन)