बहुल विशेषता बोकेको बहुधर्मी मुलुक

बहुल विशेषता बोकेको बहुधर्मी मुलुकलाई एकधर्मी बनाई निरङ्कुश शासन सत्ता चलाइयो । अनि तुलनात्मक रुपमा पछाडि रहेको यहाँका भूमिपुत्र आदिवासी जनजातिहरु फस्टाउनको सट्टा ओइलाउन पुगे । जातीय विषेशता बोकेको तमु (गुरुङ) जातिको आफ्नै पुर्ख्यौली मौलिक धर्म ‘बोँ’, भाषा, संस्कार, संस्कृति, इतिहास, परम्परा, सभ्यता इत्यादि र्‍हासोन्मुख हुँदै गयो । यस्तो अवस्थामा मनोमानी प्रजातन्त्रको पुनर्वाहली भएपछि राहत ... Read more
reshamgurung01@gmail.com

बहुल विशेषता बोकेको बहुधर्मी मुलुकलाई एकधर्मी बनाई निरङ्कुश शासन सत्ता चलाइयो । अनि तुलनात्मक रुपमा पछाडि रहेको यहाँका भूमिपुत्र आदिवासी जनजातिहरु फस्टाउनको सट्टा ओइलाउन पुगे । जातीय विषेशता बोकेको तमु (गुरुङ) जातिको आफ्नै पुर्ख्यौली मौलिक धर्म ‘बोँ’, भाषा, संस्कार, संस्कृति, इतिहास, परम्परा, सभ्यता इत्यादि र्‍हासोन्मुख हुँदै गयो । यस्तो अवस्थामा मनोमानी प्रजातन्त्रको पुनर्वाहली भएपछि राहत स्वरुप आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापित भइ क्रियाशील भएको पाइनु गर्वको कुरा मान्नु पर्दछ । राष्ट्रिय एकता र सद्भाव दरिलो हुन सबै जातीय समुदायहरुको समुचित उत्थान नै सिँगो राष्ट्रको उत्थान हो ।  यिनको साच्चिकै उद्धार चाहने हो भने प्रत्येकको लागि राज्यस्तरबाटै एक एक गुरुकुल विद्याश्रम सञ्चालन गरिनु आवश्यक ठहरिन्छ ।
राज्यको कारणबाहेक लिपिबद्ध नभई मौखिक रहनु, विस्तारित बसाइँ–सराइ, मिश्रित समाज, भाषा बुझ्नमा कमी आउनु, सहरीकरण, आधुनिकीकरण, भूगोल, अन्य धर्मको प्रभाव, नयाँ पुस्तामा भाषिक ज्ञान नहुनु ईत्यादि परिस्थितिले गर्दा तमु ‘प्ये–ताँ ल्हु–ताँ’ लोपोन्मुख भएको छ । प्राकृतिक पुर्ख्यौली शक्तिमा आधारित लामो धार्मिक शास्त्र बोकेको यो सम्पदाको संरक्षण र प्रवर्धन गर्नको लागि यसलाई लिपिबद्ध र एकीकृत गरी प्रकाशन र प्रशिक्षण भए मात्र सम्भव हुने देखिन्छ । यसका लागि हालसम्म पनि कुनै संघ संस्थाहरुबाट पनि पहल नभएकोले बाध्य भएर मर्दीन्यूजको समन्वयमा तमु प्ये ल्हु संघका दुईजना संस्थापकसहित केही कार्यकर्ताहरु मिली ‘ तमु प्ये संकलन तथा प्रकाशन केन्द्र, पोखरा’ गठनगरी क्रियाशील भएको छ ।
प्रकाशन गराउँदै जाने क्रममा पहिलो मानिने खेगी पच्यु गुरुले पढ्ने थुप्रै ‘प्ये’हरुमध्ये एउटा महत्वपूर्ण प्ये ‘म्होँसीँ त्हेँ’ (म्होँसीँ यज्ञ) को शास्त्र प्रकाशन भइसकेको छ । ‘म्होँसीँ’ भन्नाले मृतात्मलाई कब्जामा लिइएका प्रेतात्मलाई ढाली उसबाट मृतात्मलाई छुट्टाएर भड्किन नपर्ने मुक्त स्थानमा पुर्‍याउनु हो । विशेषतः अकालमा मृत्यु हुनेहरुको आत्मलाई प्रेतात्मले आफ्नो कब्जामा लिएर सताई रहन्छ, जीवितलाई दुःख दिइरहन्छ भन्ने मान्यता छ । त्यस्तो कब्जाबाट मुक्त नगराई पय (अर्घुं) गरेता पनि मृतात्म स्वर्ग पुग्न सक्दैन भन्ने मान्यता छ । त्यसैले त्यस्ताको हकमा पहिले यो महत्वपूर्ण डेढ दिने (करिब १८ घण्टा लाग्ने) यज्ञ गरिनु पर्दछ, नत्र भड्किरहन्छ । दुर्घटनामा परी मृत्यु हुनेहरुको हकमा जुनसुकै जातजातिले पनि यो यज्ञ गर्न अत्यावश्यक मानिन्छ ।
यो ग्रन्थ युगौँदेखि कण्ठस्थरुपमा पुस्तान्तरण हुँदै आएको ‘प्ये’को संकलन तथा सम्पादन गर्नुहुने पच्यु पैँडी चिब यारजङ क्रोम्छैँ तमु स्पष्ट शास्त्र व्याख्यता तमु बोँन गुरुहरुमध्ये अग्रपङ्तिमा पर्नुहुन्छ । दशकौँ वर्ष लगाएर कण्ठस्थ गरी सिकिने यो विद्या अबको जमानामा लिपिबद्ध प्रकाशन गर्नुको विकल्प छैन । यो कटु सत्यलाई अरु सबै गुरुहरुले मनन् गर्दै यसरी नै अघि आउनु अपरिहार्य भएको छ । चेला पनि पाइने, संस्कार संस्कृति पनि जोगिने र आफ्नो शास्त्रीय सम्पदामार्फत पहिचान कायम रहने अभियानलाई सबैले सहयोग गर्नु वाञ्छनीय हुन्छ । यसर्थ आस्था तथा विश्वास रहेको यस ‘म्होँसीँ’ ग्रन्थ सुरक्षित रहनुको साथै नयाँ पुस्ता र अन्य जनसमुदायमा पनि यसको बारेमा ज्ञान प्राप्त हुने विश्वास राख्दछु ।
यस्तै दोस्रोमा सो फैलु प्रकाशन भइसकेको छ । सो फैलु भन्नाले हामी आफ्नो कुलको शुभ दिन र समय जुराएर गर्ने यज्ञ हो ।