मोरङको आइतबारेस्थित क्होइबोँमा विभिन्न यज्ञ सम्पन्न

आइतबारे, मोरङ । मोरङ जिल्ला, कानेपोखरी, आइतबारेस्थित क्होइबोमा तमु बोँ परम्पराअनुसार पच्यु तथा क्ल्हेप्री खेगीद्वारा रीखुलब त्हेँ (सामुहिक घर रखबार), छ्योप त्हेँ तथा थासोँ यज्ञ सम्पन्न गरेको छ । गत शुक्रवार र शनिवार पच्यु तथा क्ल्हेप्री खेगीहरुले उक्त यज्ञ गरेका हुन् । सामुहिक रुपमा गरिएको री खुलब त्हेँ पहिलोपटक प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँदा स्थानीय ... Read more
Khadga Gurung

आइतबारे, मोरङ । मोरङ जिल्ला, कानेपोखरी, आइतबारेस्थित क्होइबोमा तमु बोँ परम्पराअनुसार पच्यु तथा क्ल्हेप्री खेगीद्वारा रीखुलब त्हेँ (सामुहिक घर रखबार), छ्योप त्हेँ तथा थासोँ यज्ञ सम्पन्न गरेको छ ।

गत शुक्रवार र शनिवार पच्यु तथा क्ल्हेप्री खेगीहरुले उक्त यज्ञ गरेका हुन् । सामुहिक रुपमा गरिएको री खुलब त्हेँ पहिलोपटक प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँदा स्थानीय तमुहरु खुशी देखिन्थे । एक सय ६५ घर सहभागि उक्त यज्ञ कोशी प्रदेशमै पहिलोपटक भएको स्थानीयले बताए । चासो र कौतुहलताले भरिपूर्ण उक्त यज्ञमा प्रत्यक्ष संलग्न हुन पाउनु आफूहरुको निम्ति सौभाग्य भएको उनीहरुको भनाइ थियो । क्होइबोँभित्र सहभागी सबै नअटाएकाले प्रोजेक्टरमार्फत बाहिर बसेर यज्ञ हेर्नको लागि व्यवस्थासमेत गरिएको थियो ।

री खुलब त्हेँ शुक्रवार राति गरिएको थियो भने शनिवार बिहानै छ्योप त्हेँ र थासोँ त्हेँ सम्पन्न भएको थियो । पच्यु तथा क्ल्हेप्री खेगीहरुमा पच्यु पैंडी चिवा यरजङ क्रोँम्छैँ तमु, क्ल्हेप्री चीवा ठाकुरप्रसाद योज तमु, पच्यु वीरबहादुर क्रोँम्छैँ तमु र सन्दिप केप्छेँ तमु तथा क्ल्हेप्री सुमिन म्होब्जेँ तमु रहेका थिए ।

तमु प्ये संकलन तथा प्रकाशन केन्द्रको समन्वय तथा स्यार्लो तमु प्ये ल्हु संघ, मोरङ जिल्ला समितिको आयोजनामा उक्त यज्ञहरु सम्पन्न भएको थियो ।

यस्तै शनिवार स्यार्लो तमु प्ये ल्हु संघ, मोरङ जिल्ला समितिको तेस्रो अधिवेशन पनि सम्पन्न भएको छ । उक्त अधिवेशनले पदमबहादुर ल्हेँगे तमुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

क्ल्हेप्रीद्वारा कण्ठस्थ वाचन गर्ने ‘सी–पै छ्योए’ पुस्तक भव्य समारोहकाबीच लोकार्पण

पोखरा, १३ भदौ । गुरुङहरुको मृत्यु तथा अर्घुं संस्कारमा क्ल्हेप्रीद्वारा कण्ठस्थ वाचन गर्ने ‘सी–पै छ्योए’ पुस्तक एक भव्य समारोहकाबीच लोकार्पण भएको छ । क्ल्हेप्री ...
Khadga Gurung

तमु जातिको मृत्यु संस्कारः परम्परागत अभ्यास र अवस्थाबारे कार्यपत्र प्रस्तुत

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्को संस्कृति विभागले आयोजना गरेको ‘नेपाली संस्कृतिहरुः अभ्यास र अवस्था’ विषयक छलफल तथा अन्तरक्रिया ...
Khadga Gurung