बोँ लम
तमु बोँ धर्ममा ‘बोँ लम’को उदय ‘प्हैबो’ अर्थात् ‘क्ल्हेप्री’ पछिको हो । शास्त्रमा उल्लेख भएअनुसार तमुहरु ‘उइँचो ह्युल’मा उत्पत्ति भई ‘ल कुथो ह्युल’ अर्थात् नौवटा प्रान्तहरु पार गर्दै दक्षिणतर्फ झरेको छ । त्यस्तै कुनै पनि तमुको निधन पश्चात ती प्रान्तहरु हुँदै स्वर्गतर्फ लैजाने परम्परा छ । शास्त्रानुसार ‘प्हैकत्रो ह्युल’मा ‘प्हैँबोँ र्हीमरथे’को उत्पत्ति अर्थात् जन्म भयो । ‘बोँ’ पछि ‘प्हैँबोँ’को उत्पत्ति भयो भने ‘प्हैँबोँ’ पछि ‘बोँ लम’को उत्पत्ति भएको उल्लेख छ । यसरी नै ‘प्हैँबोँ’ र ‘बोँ लम’बीच विभिन्न प्रतियोगितासमेत भई ती प्रतियोगितामा हार खाई यी दुईबीच आपसमा सम्झौता भई काम गरेको जनश्रुतिहरु प्रशस्त छन् ।
कालान्तरमा ‘लम म्याबै ह्युल’मा भारतबाट गएको ‘गुरु पद्म सम्भव’ले भारतबाट लगेका ‘वेद’ मिसाएपछि हालको ‘महायानी र बज्रयानी लामा’वादको उदय भएको पाइन्छ । यसर्थ हालको ‘लामा’हरुभन्दा अघिका ‘बोँ लम’को पोशाक, उर्गेन र यज्ञका विधिहरु धेरै मिल्दोजुल्दो छ ।