पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमु देश तथा विदेशमा ख्याती प्राप्त व्यक्तित्व हुनुहुन्छ । तमु प्ये ल्हु संघ गठन गर्दा होस् या क्होइबो निर्माणमा, तमुहरुको थातथलो उत्खनन्का लागि पहिलो कदम चाल्ने व्यक्तित्व पनि हुनुहुन्छ उहाँ । लामो समयसम्म क्याम्ब्रिज विश्वविद्यालयमा रहेर तमुको ‘प्ये ताँ ल्हु ताँ’लाई विश्वव्यापी बनाउनुमा उहाँको ठूलो योगदान रहेको छ ।
शास्त्रीय सम्पदाबारे प्रखर वक्ताको रुपमा एक मात्र उहाँलाई लिन सकिन्छ । हाल तमु प्ये संकलन तथा प्रकाशन केन्द्रका सल्लाहकार उहाँ केन्द्रको मियोको रुपमा पनि अहोरात्रा खटिनु हुन्छ । आफूले वाचन गर्ने कण्ठस्थ शास्त्रलाई लिपिबद्ध गरी पुस्तकको स्वरुप दिने पहिलो व्यक्तित्व पनि हुनुहुन्छ उहाँ ।