ठगबहादुर च्हाक्ली तमु

ठगबहादुर च्हाक्ली तमुको जन्म स्याङ्जा जिल्ला, साविक मनकामना सपौंदेमा जन्मिएका हुन् । उनले सानैदेखि पच्यु खेगी विद्या स्व. पीमबहादुर तमुसँग सिकेका हुन् । हालः पोखरा महानगरपालिका १५, नयाँगाउँमा बसोबास गर्नुहुने उनले पच्यु तथा क्ल्हेप्री खेगीलाई आवश्यक पर्ने ढ्याङ्ग्रो, ट्याम्की बनाउने र बिक्री वितरण गर्ने गर्दछन् ।

आफ्नै गाउँभेगलगायत आसपासका गाउँका तमु बालक तथा युवाहरुलाई आफूसँगै राखी धेरैजनालाई उनले पच्यु विद्या सिकाइसकेका छन् । यसका अलवा उनले पैंडी विद्या पनि सिकेका छन् भने हेरकोरको काम पनि उनले गर्दछ । आफूले वाचन गर्ने मौखिक पच्यु शास्त्रलाई उनले लिपिबद्ध गरिसकेका छन् ।