ङ्है सेबै छ्योए


नेपालको आदिवासी जनजातिमध्ये गुरुङ जातिको छुट्टै परम्परा, संस्कृति, संस्कार, भाषा, धर्म र भेषभूषा रहेको छ । गुरुङ जातिले आफूलाई ‘तमु’ भनेर भन्दछ । तमुको आफ्नै मौलिक खेगी (धर्मगुरु)हरु छन् । तिनीहरुलाई पच्यु, क्ल्हेप्री र बोँ लम भनेर चिनिन्छ । खेगीहरुले आध्यात्मिक मध्यस्थकर्ता, उपचारकर्ता र आफ्नो समुदायको सांस्कृतिक सम्पदाको संरक्षकको रूपमा काम गर्छन्। ती धर्मगुरुहरुको विभिन्न अभ्यासहरु छन् । तिनीहरूको अभ्यासहरू मानव, प्रकृति र आत्मिक संसार बीचको सद्भाव कायम राख्ने उद्देश्यले जीववाद, पूर्वज पूजा र अनुष्ठानहरूमा गहिरो जरा गाडेका छन्।
यसै सन्दर्भमा प्रस्तुत ‘ङ्है सेबै छ्योए’ स्याङ्जा जिल्ला, विरुवा गाउँपालिकालगायतका आसपासका पच्यु खेगीले उपचार गर्दा पढिने शास्त्र हो । शारीरिक असंतुलन, दुष्ट आत्माहरू वा पुर्खाहरूको अप्रसन्नताको कारणले हुने शारीरिक र आध्यात्मिक रोगहरूको निदान र उपचारको लागि ‘ङ्है सेबै’ यज्ञ गरिन्छ । मौखिक रुपमा रहेका यस्ता ग्रन्थहरु दिनानु दिन लोप हुँदै गएकाले यसलाई संरक्षणका लागि विरुवा गाउँपालिकाको सहयोगमा प्रकाशन गरिएको छ । यस पुस्तकलाई निःशुल्क वितरण गरिएको छ ।

Publication Team
Where To Buy
Pokhara, Nepal
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Kathmandu, Nepal
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Aldershot, UK
25 New Road,
Chatteris, United Kingdom,
PE16 6BJ
New York, USA
728 E 136th St #2
Bronx, New York
10454
PH: (718) 292-1486