साे फैलु छ्याेए

तमु जातिले कुल पूजा गर्नुलाई ‘फैलु त्हेँ’, फैलुपूजा’, ‘फैलु लब’ भनेर भन्दछ । कुललाई तमु जातिको शास्त्रमा ‘क्ल्ह्याये न्हेसा प्ह्रेए न्हेसा’ भन्दछ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ । कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्येक वंशको आफ्नै कुलायन अर्थात् कुल देवता हुन्छ । तमु (गुरुङ)हरुले ‘फैलु पूजा’ राखेमा जीवित हुँदा गरिनेलाई ‘सो फैलु’ र मृत्यु हुँदा ‘सी फैलु’ गर्ने गरिन्छ । तमु (गुरुङ)जातिले खास गरी ‘फैलु पूजा’ तीन प्रकारले गरिन्छ । ‘फैलु त्हेँ’ सबै खेगीहरूले गरिरहेको भए तापनि हाल आएर अधिकांश खेगीलाई पनि तीन प्रकारका ‘फैलु’ बारे थाहा नहुन सक्छ । यही बारेमा जानकारी दिने उद्देश्यले ‘सो फैलु’ को पुस्तक प्रकाशन भइसकेको छ । विस्तृत जानकारीका लागि पुस्तक पढ्नुहोस् ।

Publication Team

यारजङ तमु

यारजङ तमु

Author

पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमु देश तथा विदेशमा ख्याती प्राप्त व्यक्तित्व हुनुहुन्छ । तमु प्ये ल्हु संघ गठन गर्दा होस् या क्होइबो निर्माणमा, तमुहरुको थातथलो उत्खनन्का लागि पहिलो कदम चाल्ने व्यक्तित्व पनि हुनुहुन्छ उहाँ । लामो समयसम्म क्याम्ब्रिज विश्वविद्यालयमा रहेर तमुको ‘प्ये ताँ ल्हु ताँ’लाई विश्वव्यापी बनाउनुमा उहाँको ठूलो योगदान रहेको छ ।

शास्त्रीय सम्पदाबारे प्रखर वक्ताको रुपमा एक मात्र उहाँलाई लिन सकिन्छ । हाल तमु प्ये संकलन तथा प्रकाशन केन्द्रका सल्लाहकार उहाँ केन्द्रको मियोको रुपमा पनि अहोरात्रा खटिनु हुन्छ । आफूले वाचन गर्ने कण्ठस्थ शास्त्रलाई लिपिबद्ध गरी पुस्तकको स्वरुप दिने पहिलो व्यक्तित्व पनि हुनुहुन्छ उहाँ ।

एकबहादुर तमु

एकबहादुर तमु

Co author

भाेवरसिंङ तमु

भाेवरसिंङ तमु

Co author

Where To Buy

You can buy TPPC Pye releases from the following center

Pokhara, Nepal

TPPC
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433

Kathmandu, Nepal

TPPC
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433

Aldershot, UK

Ram Gurung
25 New Road,
Chatteris, United Kingdom,
PE16 6BJ

New York, USA

Nakia Koelpin
728 E 136th St #2
Bronx, New York
10454
PH: (718) 292-1486